त्रिभुवन विमानस्थलबाट चिनियाँ राष्ट्रपति सीको सवारी यस्तो देखियो ,,

असोज २५ , काठमान्डौ – नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट सोल्टी होटल प्रस्थान गरेका छन् ।

उनी एयर चाइनाका २ वटा विमानबाट ल्याइएका कारकेड र बुलेटप्रुफ कारको सुरक्षा घेरामा रहँदै सोल्टी गएका हुन्। सी शनिबार अपरान्ह पौने ५ बजे काठमाडौं ओर्लिएका थिए ।

शनिबार अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । त्यसपछि उनलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

lekbesi

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट पदाधिकारी, मन्त्रीहरुलेपनि स्वागत गरेका छन् ।

तेस्तै सीले छुट्टा छुट्टै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवालाई पनि भेट्ने छन् ,।