surkhet

होटल सोल्टीमा सी को पर्खाइमा प्रचण्ड र बाबुराम एउटै टेबुलमा ,,

surkhet

असोज २५ , काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु होटल सोल्टी पुगिसकेका छन् ।

होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका शीर्ष नेताहरु लगाय नेकपाका शीर्ष नेताहरु समेत पुगिसकेका छन् ।

Gorkha

होटल सोल्टीको हलमा प्रचण्ड, बाबुराम, झलनाथ खनाल लगायतका नेताहरु एउटै टेबुलमा बसेर गफ गर्दै चिनियाँ राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् ।

Dailekh

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको सुचनामा चिनियाँ राष्ट्रपतिको सम्मानमा आयोजना भएको रात्रीभोजमा सहभागी हुन नेपाली राजनीतिक दलका नेताहरुलाई ४५ मिनेट अगाडी नै कार्यक्रमस्थल पुग्न भनिएको थियो ।

सोही अनुसार मन्त्रीपरिषदका सदस्यहरु लगायत शीर्ष तहका नेताहरु समयअगाडी नै सोल्टी पुगेका हुन् ।नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज नेपालमा छन्।

salyan