केरुङ काठमाडौं-लुम्बिनी रेलले जोडिएको हेर्न चाहन्छौं राष्ट्रपति भण्डारी ,,
असोज २५ , काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार शितलनिवासमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरिन् ।
उनले रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिप्रेक्षमा नेपालीहरुको यो चाहाना छिटै पुरा हुनेमा विश्वास रहेको बताइन्।
उनले नेपालमा चिनियाँ लगानीका लागिसमेत आग्रह गरिन् ।राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतासमेत दोहोर्याएकी छिन् ।
तेस्तै दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन नेपाल प्रतिबद्ध रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो।