सी ले भने हिमालय सीमापार रेलको सम्भाव्यता अध्ययन गर्ने छु ,
असोज २५ , काठमान्डौ – दुईदिने नेपाल भ्रमणका क्रममा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज नेपालमा आएका छन् ।
भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् ।
रात्रिभोजमा शिर्ष नेताहरुको उपस्थित छ ।,साथै रात्रिभोजलाई दुवै रास्ट्रपतिले सम्बोधन गरेका छन् , पहिले नेपालबाट रास्ट्रपति विद्यादेवी भण्डारीले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताएकी थिइन्
तेस्पछि चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् ।
सीले आफुलाई नेपाल सारै राम्रो लाग्ने र यँहाका पार्टीका नेता कार्यकर्ताहरु संग भेटेर आफु खुसि रहेको समेत बताएका छन्।
उनले रसुवागढी-छहरे-काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि बताए ।साथै सीले दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुने पनि बताएका छन् ।