suekhet
bheriad

सांसद हृदयेश त्रिपाठीद्वारा जनसम्पर्क कार्यक्रम ,,

lekabesi

असोज २६ ,नवलपरासी- प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले आफ्नो संसदीय क्षेत्रमा जनसम्पर्क कार्यक्रम गर्नु भएका छन ।

सांसद त्रिपाठीले आफ्नो संसदीय क्षेत्रको सुस्ता गाउपालिकाको वडा नं.-५ पकलिहवा र वडा नं.-४ नरसहिमा पुगी जनताको समस्या तथा गुनासो सुनेका छन । आफु जनताको समस्या समाधान गर्न लागिपर्ने बताउनु भएको छ ।

वडामा रहेको दलित, युवा, बृद्धबृद्धा, महिला तथा अन्य स्थानीयसंग भेटि समस्या र गुनासो बुझेका थिए । साथै बिकासको योजना बारे स्थानीयलाई त्रिपाठीले जानकारी गराउनु भएको थियो ।

सामुदायिक भवन, सडकको मर्मत सम्भार, नागरिकताको समस्य, जग्गाको समस्या बारे जनताले आफ्नो समस्या सांसद समक्ष राखेका थिए । स्थानीय जनप्रतिनिधिले आवश्यता नबुझी मनोमानी ढंगले गरेको गुनासो गरेका थिए ।

साथै उहाले दलित बस्तीमा पुगेर समस्या बुझ्नु भएको थियो । यहाँ रोडलाईटको अति अावश्क रहेको उनिहरुको सामूहिक भनाई रहेको थियो । जनताको समस्या लाई सदनमा उठाउने प्रतिबद्धता गर्नु भएको छ ।

 

 

अंगद यादव/ नवलपरासी पश्चिम ,,