राष्ट्रपति सीसँग प्रचण्ड दाहालको केही मिनेट एक्लै भेटवार्ता ,,

असोज २६ , काठमान्डौ – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेकपाको सचिवालय सदस्यहरुसँग सामुहीक भेटवार्ता गरेका छन् ।

राष्ट्रपति सीले सुरुमा केही मिनेट पूर्व प्रधानमन्त्री दाहालसँग एक्लै वार्ता समेत गरेका छन् ।तत्पश्चात ,सीले पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल लगायत सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संग भेटवार्ता गरेका हुन् ।

lekbesi

नेकपाको टोलीसँगको भेटवार्ता पछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ। नेकपासँगको भेटवार्ताको क्रममा नेपाली मिडियालाई प्रवेश दिइएन भने रासस र सूचना विभागका फोटोपत्रकारहरुलाई फोटोका लागि मात्रै प्रवेश दिइएको थियो।

सीको नेपाल भ्रमणले सबै नेपालिमा खुसि छाएको समेत जानकारी गरिएको छ ।,साथै सि जिन पिङले नेपाललाई ५६ अर्व रकम सहयोह गर्ने पनि प्रतिबद्दता गरेका छन ।,