कांग्रेसको चियापान कार्यक्रममा नेकपाका रमाईला खिस्सा प्रचण्डले भने राजनीतिले कोल्टे फेर्न सक्छ ,,
असोज २६ , काठमान्डौ – कांग्रेसले दशैँ, तिहार, छठ लगायत पर्वका अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।
चियापान कार्यक्रममा सत्तारुढ दल नेकपा अध्यक्ष प्रचण्डले सुभकामना दिदै असम्भव भन्ने चिज नभएको भन्दै भविष्यमा राजनीतिले कोल्टे फेर्न सक्ने बताएका छन् ।
तेस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सी चिनफिङको नेपाल भ्रमण सफल भएको प्रतिक्रिया दिएका छन् ।उनले कांग्रेसको चियापान कार्यक्रममा बोल्दै राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्ष एकैठाउँमा रहेको बताए।
कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य रामशरण महतसहितका नेताहरुसंग आफ्नो ४५ वर्षदेखिको सम्बन्ध रहेको बताउँदै ओलीले लोकतन्त्रको मूल्य मान्यतामा सवालमा कांग्रेससंग गहिरो समझदारी रहेको बताए।
कांग्रेस सभापति देउवाले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई आफ्नो पार्टीले हार्दिकताका साथ स्वागत गरेको बताए। कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्ध रहदै आएको र रहने बताउँदै आफूले राष्ट्रपति सिसंगको भेटमा पनि यही कुरा दोर्याएको बताए।
२३ वर्षअघि आफू प्रधानमन्त्री छँदा तत्कालीन चिनियाँ राष्ट्रपति चियाङ चमिनको नेपाल भ्रमणको प्रसंग जोड्दै देउवाले दोस्रो राष्ट्रपति सीको भ्रमणलाई पार्टीले दुई देशबीचको सम्बन्ध सुधार गर्ने र आर्थिक साझेदारी बढाउने उद्देश्यबाट हेरेको बताए।
पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनालले पनि चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाई लिएको बताए।
चीनले आर्थिक सहयोग कति गर्यो भन्ने कोणबाट मात्रै भ्रमणको मुल्याकंन गर्न नहुने भट्टराईले बताए।तेस्तै अर्का पुर्व प्रधानमन्त्री झलनाथ खनालले सीको भ्रमण ऐतिहासिक रहेको बताउँदै यसले दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताए।
नेकपाकै अर्का नेता नारायणकाजी श्रेष्ठले पनि चीनसंगको आर्थिक साझेदारी बढाउने दिशामा सीको भ्रमण ऐतिहासिक रहेको बताए।नेकपाका नेता माधवकुमार नेपालले चियापान व्यवस्थित गराएको प्रशंसा व्यक्त गरेका थिए।