surkhet

सुर्खेतमा घरकै भाईले दाजुमाथि बन्चरो प्रहार गर्दा गम्भीर घाईते ,,

surkhet

असोज २६ , काठमान्डौ – सुर्खेतमा आफ्नै भाईले दाजुमाथि बन्चरो प्रहार गर्दा दाजु गम्भीर घाईते भएका छन् ।

घरायसी विवादका कारण आइतबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–४, कुटाका एक घरका दुई दाजु भाई वीच वादविवाद भएको थियो वादविवादमा भाई टिकाराम राजीले बञ्चरो प्रहार गरि दाजु हस्तबहादुर राजीलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Gorkha

घाईते हस्तबहादुरको सदरमुकाम वीरेन्द्रनगर स्थित स्थानीय माया नर्सिङ्ग होममा उपचार भईरहेको जिप्रका सुर्खेतका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिएका छन् ।

Dailekh

प्रहरीले बन्चरो प्रहार गर्ने भाई टिकारामलाई नियन्त्रणमा लिएको छ भने साथबाट बन्चरो पनि नियन्त्रणमा लिएको हो।प्रहरीले घटनाको अनुसन्धान गर्दै घटनास्थलमा प्रहरी समेत परिचालन गरेको छ।

salyan