Simta
Gurvakot
Gurvakot

सांसदले विमानस्थलमा बुद्द एयरका कर्मचारीलाई कुटे काउन्टर तोडफोड समेत गरे ,,

असोज २७ ,जनकपुरधाम – राजपाका सांसद प्रमोद कुमार साहले जनकपुर विमानस्थलको कार्यालय तोडफोड गरेका छन् ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संघीय सांसदले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह विमान ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका हुन् ।११ : ४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको तथा व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा काउण्टरमा धक्का,धक्की दिएका थिए ।‘

जहाजमा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने छ, तर जहाज आउने, नआउने कुनै सूचना छैन ! व्यवस्थापन पक्षलाई भन्दा कुनै वास्ता गर्दैन, बाध्य भएर काउण्टरमा बुझ्न जाँदा अटेरी गर्दा रिसको झोंकले काउण्टरमा सामान्य तोडफोड भयो ।

lekbesi

उनले भने जनकपुरधाम उप–महानगरपालिका ४ का ६५ वर्षीय सौखीलाल चौधरीलाई काठमाडौं पठाउन विमानस्थल व्यवस्थापन पक्षलाई पटक–पटक फोन गर्दा समेत अटेरी गरेको उनको आरोप छ ।

Simta

बिहान ११ बजेबाट बसेर २ बजे सम्म विमान आएन किडनीको बिरामी छटपटाई रहेको देखेर सबै यात्रु समेत आक्रोश थिए ३ घण्टा सम्म बिरामीको पिडा कसले बुझ्ने न जहाज आउने ,विमानका कर्मचारीले कुनैपनि वास्ता नगरेको देखेर आवेगमा आएको हु सांसदले भने

बुद्ध एयरका प्रमुख विजय कुमार सिंहले प्राविधिक कारणवश विमानमा ढिलाइ भएको बताए । उनले भने, ‘यात्रुहरुलाई प्ले डिले भएको पटक–पटक जानकारी गराउँदै आएको छु, तर सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा तोडफोडसँगै कर्मचारीसँग दुव्र्यवहार गरे ।

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही बेर तनावग्रस्त समेत बनेको थियो । बुद्ध एयरको सोही जहाजमा काठमाडौं जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारी र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए ।सोहि क्रममा

सांसद साह र प्रमुख सिंह बीच हात हालाहाल समेत भएको थियो । केहि छिनको विवाद र सहमतिमा धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमान चढेर काठमाडौं आएका हुन् ।