राष्ट्रपति भण्डारीलाई विदेशमा निम्ता म्यानमार जाँदै ,,

असोज २७ ,काठमान्डौ – रास्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणकोलागि पर्सि म्यानमार जाने भएकि छिन ।म्यानमारका समकक्षी विन माइन्टको नियन्त्रणमा पाँच दिने भ्रमणमा राष्ट्रपति भण्डारी जान लागेकी हुन् ।

उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन ।भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने छन् ।

उनले यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि सहभागी हुनेछन् ।

रास्ट्रपति भण्डारीको निमन्त्रणमा चीनका रास्ट्रपति सीले पनि दुईदिने नेपालोको राजकीय भ्रमण गरेर स्वदेश फर्केका छन्।