suekhet
bheriad

गोमा एर सुर्खेत नेपालगञ्ज बाट सिधै रारा सम्म दैनिक उडान ,,

lekabesi

रंग दर्पण २८ फागुन, सुर्खेत गोमा एरले अब सिधै रारा को लागि उडान हुने गरेको छ । बाँकेको नेपालगञ्ज र सुर्खेतबाट सिधै रारा सम्म दैनिक उडान गर्ने भयपछि रारा को मुगु को पर्यटक स्थल घुम्न सजिलो हुने भयको छ ।

रारा एड्भेन्चर प्रा.लि र भेरी-कर्णाली र्‍यापिड एड्भेन्चर प्रा.लि.को सहकायृमा सुर्खेत र नेपालगञ्जबाट मुगुको राराका लागि गोमा एयरको सिधा उडान सुरु भएको हो । यी दुई कम्पनीले कर्णालीको पर्यटन प्रबर्द्धनका लागि भन्दै टूर प्याकेज समेत तयारगरेको जनाएको छन् ।

दुई रात दुई दिनका लागि १७ हजार ९९९ को प्याकेज तयार गरिएको भेरी- कर्णाली र्‍यापिड एड्भेन्चरका समुन्द्र गौतमले जानकारी दिए । जसमा दुई तर्फी प्लेन, खाना, नास्ता र बसाई सहितको व्यवस्था गरिएको छ ।
यस्तै थप दिनहरुको लागि १५ सयका दरले जोडिने गौतमले बताए । यो प्याकेजमा ६ वर्षभन्दा कम र ७० वर्षभन्दा माथि उमेर भएकाहरुका लागि निःशुल्क घोडाको व्यवस्था समेत गरिएको छ ।