Simta
Gurvakot
Gurvakot

कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको वडादशैं ,तिहार, छठ २०७६ को शुभकामना चाडलाई भड्किलो नबनाउ ,,

असोज २७ ,काठमान्डौ – नेपालीहरुका महान चाडहरु विजयादशमी, तिहार र छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली प्रदेशवासी आम नेपाली दाजुभाई, दिदीवहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वहुजातीय, वहुभाषिक, वहुधार्मिक तथा वहुसाँस्कृतिक विशेषताले भरिएको नेपाली समाजमा यी चाडपर्वहरुले समाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपुर्ण भुमिका खेलिरहेका छन् ।

यी चाडपर्वहरुलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नवनाउन, आफनो साँस्कृतिक मुल्यमान्यता अनुसार पारीवारिक मिलन, शुभकामना आदान प्रदानका रुपमा मनाउन आग्रह गर्दछु ।

lekbesi

प्रशासनिक संरचना, कानुन, जनशक्तिको अभावका तथा अनुभवजन्य कमजोरीका बाबजुद छोटो अवधिमै कर्णाली प्रदेश सरकारले विकास, समृद्धि र सार्वजनिक सेवा प्रवाहको जग निर्माण गर्न सफल भएको छ ।

Simta

सरकार वनेको यो डेढ वर्षको अवधिमा अत्यावश्यक कानुन तर्जुमा, प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, योजना आयोगको गठन, आपतकालीन उद्धार तथा राहत वितरण, सवै नागरिकको विपद दुर्घटना विमाको व्यवस्था जस्ता महत्वपूर्ण कामहरु सम्पन्न भएका छन ।

यो अवधिमै सम्माननीय प्रधानमन्त्रीज्यूद्धारा कर्णाली पर्यटन वर्षको शुभारम्भ गराई कर्णालीको पर्यटन विकासका लागि पहल गर्नुको साथै कर्णाली प्रदेशको जिवनरेखाका रुपमा रहेको जमुनाहा–हिल्सा द्रुतमार्ग निर्माण गर्न चिनिया सहयोगमा संभाव्यता अध्ययन कार्य पुरा गरी निर्माण कार्यको पहल लगायतका आशालाग्दा कामहरु गर्न प्रदेश सरकार सफल भएको छ ।

जनअपेक्षा वमोजिम सार्वजनिक सेवाप्रवाह तथा विकास निर्माण कार्यलाई प्रभावकारी वनाउदै सामाजिक न्याय सहितको समृद्ध प्रदेश र समृद्ध राष्ट्र निर्माणको अभिभारा पुरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको छ । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’का रुपमा सुत्रवद्ध प्रदेश सरकारको यो अटोठ पुरा गर्न विजयादशमी लगायत सवै चाडपर्वहरुले सवै कर्णालीवासीमा प्रेरणा पैदा गर्ने विश्वास सहित पुनः शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

महेन्द्रवहादुर शाही
मुख्यमन्त्री
कर्णाली प्रदेश,,