suekhet
bheriad

महराका अब तिन दिन ,,

lekabesi

असोज २८ , काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले अब तिन दिन हिरासतमा राख्न आदेश जारि गरेको छ ।,काठमान्डौ जिल्ल्ला अदालतमा आज कृष्ण बहादुर महरालाई उपस्थित गराईएको थियो।

संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले महारामथी बलात्कारको आरोप लगाएकि थीइन ।,शाहीको निवेदनका आधारमा प्रहरीले गत १९ गते पक्राउ गरेको थियो ।

,बिचमा दशैँ बिदा परेको हुनाले महरालाई अद्लातमा उपस्थित गराउन नसकेपछि आज अदालत पेश गरेको हो ,।महराको पक्षमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठसहितका वकिलले बहस गरेका थिए।

जसअनुसार उनी शुक्रबारसम्म हिरासतमा रहनेछन्। यो अवधिमा महरासँग आरोपमाथि प्रहरीले बयान लिनेछ। प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पीडित रोशनी शाही र आरोपित महराको फरेन्सिक जाँच गराइसकेको छ।

महरासँगको बयान र फरेन्सिका जाँचको प्रतिवेदनको आधारमा अनुसन्धान प्रतिवेदन तयार पार्ने प्रहरीको तयारी छ।महरा आउँदो शुक्रबर सम्म प्रहरीको सुरक्षामा रहने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए ।