नेकपाको आज चियापान कार्यक्रम सर्बसाधारण देखि भिआईपिलाई निमन्त्रणा ,,

असोज २९ , काठमान्डौ – सत्तारुढदल नेकपाले आज काठमान्डौको भृकुटीमण्डपमा चियापानको कार्यक्रम योजना गरेको छ ,। जसमा नेकपा दोय अध्यक्ष प्रचण्ड र अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्न लागेका हुन् ।

१२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई निम्तो गरिएको छ । यस्तै ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलगायतलाई निम्तो गरिएको नेकपा महासचिव विष्णु पौडेलले बताए।

यस वर्षको चियापान कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले एक लाख जनालाई निम्तो बाँडेको नेकपाका नेताहरुले बताएका छन् ।

lekbesi

दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसर पारेर बिभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुले चियापान कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएका छन् । यस्ता कार्यक्रमले आपसी सदभाव, एकता र मेलमिलापलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ ।