अन्धाधुन्ध बन्चरो प्रहार एक महिलाको मृतु ,,

असोज ३० हेटौडा – मकवानपुरमा आपसमा झगडा हुँदा एक ब्याक्तिले बन्चरो चलाउँदा एक महिलाको मृतु भएको छ। भने महिलाका श्रीमान र अरु एक ब्याक्ति घाईते भएका छन्।

,मकवानपुर जिल्लाको बकैया गाउँपालिका ३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गर्दा सन्तमाया लोको ज्यान गएको हो ।

पाख्रिनले सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तानलाई पनि बञ्चरो प्रहार गरेका छन् ।

lekbesi

बञ्चरो प्रहारबाट दुवैको टाउको र निधारमा चोट लागेको छ घाईते दुवैलाई चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हतियारसहित पक्राउ गरि हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।