एनआरएनमा हानाहान कुर्सि तोडफोड ,,

Naumule

असोज ३० , काठमान्डौ – गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेक मतदाताले मतदान गरेको पत्ता लगेपछि मतदानस्थल नाताब ग्रस्त बनेको छ ।

निर्वाचन समितिलेनै फेक मतदातालाई भोट हाल्न लगाएपछि कूल आचार्य समूहले विरोध संगै मतदान रोक्न भनेपछि मतदान कार्यमा तनाब ग्रस्त बनेको हो ,।

अहिले तनाव र विवादका बीच पनि मतदान भने चलिरहेको छ। एनआरएन चुनावी प्रक्रिया सु्रु भएसँगै मतदानस्थलमा पटक पटक तनाव हुँदै आएको छ ।

Gurvakot

बुधबार पनि एनआरएनहरुले मतदानस्थलमा राखिएका कुर्सीहरु तोडफोड गरेका थिए । विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि प्राविधिक समस्या आएपछि मतपत्रबाटै मतदान भईरहेको छ ।

बिहीबार साढे ११ बजेदेखि मतदान सुरु भएको हो एनआरएनमा ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।

म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

Bangad kupinde