प्रतिगामीले नारा लगाउने र खेल्ने ठाँउ चितवन होइन प्रचण्ड ,,

Naumule

असोज ३० , चितवन – सत्तारुढदल नेकपा पार्टीको अहिले देशैभर चियापान तथा दिपावली छठको सुभकामना आदानप्रदान भईरहेको छ ।

,नेपालि हरुको महान चाड संगै विभिन्न पार्टीहरुका नेता कार्यकर्ता र छिमेकी साथी भाई हरुसंग आपसी मेलमिलाप अगाडी बढीराख्ने भएको हुनाले पनि यस्तो चियापान कार्यकर्म विभिन्न पार्टीले गर्ने गरेको बताउछन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कार्य समिति चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले नेकपाका गतिविधिहरु प्रति असन्तुस्ट जनाए ।

,पार्टी भित्रको धुलो मैलो बढेको ग्यास्ट्रिक ,र अलिअलि अल्सर लाइसकेको भनेर चिन्ता ब्यक्त गरे ।नेकपालाई साचिकै नेकाप पार्टी जस्तो बन्नुपर्नेमा पनि प्रचण्डले बताए।

पछिल्लो समयमा चितवनमा भएका गतिविधिहरुमा केन्द्रित बन्दै प्रचण्डले भने आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछाने पक्राउ परेपछि भएका प्रदर्शनमा अध्यक्ष दाहाल विरुद्ध भाषण र नारावाजी भए ।

त्यसै गरी ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको विरोधमा भन्दै गरेका कार्यक्रममा पनि दाहाल र दाहालको पूर्ण परिवारमा लक्षित र गालि हुने गर्दछन। जिल्लाको पेशागत संगठनको निर्वाचनमा नेकपा निकट व्यक्तिहरु पराजितसमेत भएका छन् ।

प्रचण्डले अगाडी भने गएको चुनावमा चितवन जिल्लामा प्रदेश र संघीय संसदको निर्वाचनमा सवै सिट जनताले ल तथास्तु राम्रो गर भनेर हाम्रै झोलीमा हाल्देका हुन् ।

तर अहिले डेढ वर्षमा के भयो र फेरी अराजकता फैलिदै छ ,चितवन जिल्लालाई अस्तवयस्तको जिल्ला बनाउन खोज्ने देशभरीका प्रतिगामी आएर खेल्ने ठाउँ हुने त हैन भन्ने डर पैदा भएको छ’ ।

Gurvakot

तेस्तै प्रतिगामीका पछाडी कार्यकर्ता तालि बजाउदै हिड्ने गरेको समेत प्रचण्डले बताए। हालै हुने गरेका चुनावमा कम्युनिष्ट पार्टीका मान्छेहरु आपसमा मिलेको देखिएन ,।

केही समयअघि निर्माण व्यवसायी संघ चितवनको कार्य समितिको निर्वाचनमा दाहालका आफन्त अध्यक्ष पदमा उठेका थिए । संघमा नेकपा समर्थकको बाहुल्य रहे पनि नेकपाले अध्यक्ष पद जित्न सकेन ।

पूर्व एमाले पक्षधरहरुले अध्यक्ष पदमा नसघाएको आरोप प्रत्यारोपलाई बल पुग्ने गरेर दाहालले मन्तब्य राखे ।आजभोलिको चुनाबमा भनौभने कोहि मिलेको देख्दिन बरु कसरि हुन्छ टाट्नोमा पार्ने, कसरी एकले अर्कालाई तेजोबध गर्ने भने जस्तो देखिन्छ’ दाहालले भने ।

चीनका राष्ट्रपतिसँग भएको भेटघाटको प्रशंग निकाल्दै भने ‘सीले आफ्नो पार्टीमा करोडौं पार्टी सदस्यहरु भएको र सवैले पार्टीको निर्णय शिरोपर गर्छन भन्नु भयो । उहाँले कतै हामीलाई आलोचना गरेको पो हो कि झै लाग्यो ।

हाम्रोमा त पार्टीको अनुशासनभन्दा पनि गुटको अनुशान मान्ने प्रवृत्ति हावी छ ।’ पार्टीमा क्यान्सर नै नलागेको झै ठुलो समस्या नरहेको हुँदा सुधारको सम्भावना भने रहेको उनले बताए ।सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफ्ना प्रतिवद्धाताहरु बिर्सने, जनताबाट टाढा हुने रोग विश्वव्यापी समस्याको रुपमा रहेको उनले बताए ।

सोभियत संघ कुनै गुण्डाले आन्दालन गरेर ढलेको हैन । प्रतिक्रान्ति हाम्रै कारणले हुने खतरा रहन्छ ।पार्टीलाई नेकपा जस्तो बनाउन लाग्न पर्यो पार्टीको लागिमा जतिखेर पनि आन्दोलन गर्न तयार छु ।

,हामीलाई प्रतिक्रान्तिबाट कनै खतरा होइन ,हामि आफै बिग्रीए कसैले केहि गर्न पर्दैन दाहालले भने । सुभकामना दिन चितवन पुगेपनि दाहालले पार्टी भित्रका सबै आलोचना र चितवनमा भएको गतिविधिका बारेमा सचेत गराएका हुन्।

Bangad kupinde