यसरि जल्यो त्रिभुवन विमानस्थलमा जहाज १४ यात्रुको उद्दार थप जानकारी आउन बाकी ,,

Naumule

रंग दर्पण २८ फागुन, काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ ।उद्दार कार्य जारी छ ।
विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

दुर्घटनापछि आगलागीमा परेर घाइते भएका १४ जना यात्रुलाई उद्दार गरेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र निजामती अस्पताल पठाइएको छ ।

Gurvakot

अहिले घटनास्थलमा उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोली परिचालित भएको ठाकुरले जानकारी दिए ।

विमानमा लागेको आगो करिब नियन्त्रण भइसके पनि विमान जोगाउन नसकिएको ठाकुरले अन्नपूर्णलाई बताए । बं‌गलादेशको अनलाइन डेली स्टारका अनुसार कलसाइन एस २ एजीयु भएको विमान दुर्घटनामा परेको हो ।

 

Bangad kupinde