एनआरएनए अध्यक्षपनि नेकपाको हातमा ,
कार्तिक १ , काठमान्डौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कुल आचार्यलाई पछाडी पर्दै पन्त निर्वाचित भएका हुन् अध्यक्षमा विजयी पन्तले १ हजार २१७ मत पाएका छन्।
प्रतिद्वन्द्वी आचार्यले १ हजार ७० मत प्राप्त गरेका थिए । कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको थियो।
निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेकाअनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो।पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।
संघको नयाँ कार्यकालका लागि बिहीबार निर्वाचन भएको थियो यो संगै एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
४१ पदाधिकारीको लागि मतदान भएपनि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए। उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।
तेस्तै महासचिवमा डा. हेमराज शर्माले जितेका छन् ,सचिवमा गौरी जोशी, र आरके शर्मा विजयी भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन भएका छन् ।