नायिका आश्मा गिरीको मेरी पुजा आउदै,,

यात्रा जिन्दगी ” को म्युजिक भिडियो पश्चात प्रतिभाशाली युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो
” मेरी पुजा ” ल्याउने भएका छन ।
संगीतमा निरन्तर संघर्ष गर्दै आफुलाई चिनाउने कोसिसमा अघि बढी रहेका यी गायकले आफ्नो नयाँ एल्बम पनि छिट्टै बजारमा ल्याउने तयारीमा छन ।
मेरी पुजा बोलको यस गीतमा स्वर र संगीत गायक कौशल राज खड्काको रहेको छ । गीतका शब्द बिशाल मल्लले लेखेका हुन् भने मनोज चौलागाईले संगीत संयोजन गरेका हुन ।
पप लभ सङ भर्सनको यस गीतको भिडियोलाई सुबल दंगालले खिचेका हुन भने सियोन नेवारले कोरियोग्राफी गरेका हुन् । भिडियोमा हिमांशु कार्की ( मिस्टर हिम्ज़ ) , आशिका श्रेष्ठ र नेहा लिम्बुको मुख्य भुमिका रहेको छ ।
शिशिर अर्याल सह-निर्देशक रहेको भिडियोलाई ड्रिम गर्ल चलचित्र बाट नेपाली सिनेमामा डेब्यु गरेकी नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन् । नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो चाडै नै सार्वजनिक हुदै छ ।
