मन्त्रि फेरबदलको चर्चा हल्ला मात्र हो यो विषयमा प्रधानमन्त्री संग मेरो कुनै कुरा भएको छैन प्रचण्ड ,

कार्तिक १ ,धनगढी – सत्तारुढदल नेकपा अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डलाई धनगढीमा भव्य स्वागत गरिएको छ ।

विभिन्न जिल्लमा चियापान तथा सुभकामना आदान प्रदान कार्यक्रममा हिडीराख्ने गरेका प्रचण्ड धनगढीमा भने सुदूरपश्चिममा नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन धनगढी पुगेका हुन् ।

दाहाललाई शुक्रबार धनगढी विमानस्थलमा स्थानिय देखि कार्यकर्ताले मालाले स्वागत गरेका छन् ,विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै प्रचण्डले भने अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनपर्छ ।

lekbesi

तेस्तै पछिल्लो समयमा मन्त्रि फेरबदल हुने कुराको चर्चाको विषयामा दाहालले जवाफ दिए मन्त्री हेरफेर हुने चर्चा हल्लामात्र हो या त्यो ,प्रधानमन्त्रीको अधिकार हो ।

यो विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको समेत उनले स्पष्ट पारे ,साथै चिनियाँ राष्ट्रपतिको हालै भएको भ्रमणमा सुदूरपश्चिमका कुनै विकास योजना नसमेटिएको भए पनि आगामी दिनमा योजना अघि बढाइने आश्वासन दिए ।