अफताब आलमले २३ जना जिउदै जलाउँदापनि नेपालि कांग्रेसले सुरक्षा गरेको थियो, अझै पनि बचाउको कुरा गर्दैछ ,
कार्तिक १ ,काठमान्डौ – रौतहटको राजपुर बम बिस्फोट प्रकरणका आयोजनाकार भएको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमविरुद्ध पार्टीबाट कुनै कारबाही प्रक्रियाअघि बढाएको छैन ।
आलमले जसरि पनि चुनाब जित्ने ,बम पडकाएरपनि बुध कब्जा गर्ने उदेश्यले बम बनाउने घरसमेत निर्माण गरेका थिए ।बम बनाउँदा बनाउने केहि मान्छेले चुरोट खाने गरेका थिए ,।
चुरोट खाँदा बम बनाउने पाउडरबाट आगो लाग्यो ,आगो लाग्दा केहि मान्छे मरे र घाईते भए,घाइते भएका मान्छेलाई बोरामा हालेर ईट्टा बनाउने भट्टामा हालेको थियो ।
तेतिमात्र नभई यो घटना बाहिर आएमा सबैलाई थाहा हुन्छ भन्दै त्यो घटना देख्नेसमेतलाई समायर जबर्जस्ति बोरामा हालेर चिम्नीबाट तला खासलेको थियो ।
जुन ५००० फ़हरेनाईटमा तातीएको भट्टा हुन्छ मान्छेको हड्डी समेत रहँदैन ,जसलाई ट्रकका ट्रक प्रहरी समेत परिचालन गरिएको थियो ,तेतिखेर एसपी लक्ष्मनलाई ४० लाखमा किनीएको थियो ।
,तेसै गरि वकिलसमेतलाई किनीएको थियो ,जुन लक्ष्मन न्यौपाने टिकापुरमा मारीए ,एति ठुलो क्रुद्ध घटना गर्ने ब्याक्तिलाई कारबाही गर्नुको सट्टा नेपालि कांग्रेसले उल्टै उसको बचाउ गर्नेमा लागेको छ।
एकजना मुस्लिम महिला काठमान्डौ आएर यो घटनाको विषयमा उजुरी दिन खोज्दा उनलाई आफ्नो घरमा फर्कीएपछि गोलि हानेर मारीएको थियो ।,
कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि सांसद आलम असोज २६ गते पक्राउ परेका थिए । तर २७ गते रौतहट काँग्रेसले आलम पक्राउको विरोधमा जिल्ला सदरमुकाम चन्द्रनिगाहपुरमा जुलुस निकालेको थियो ।
चन्द्रपुर र बृन्दावनका मेयरको नेतृत्वमा काँग्रेस कार्यकर्ताले टायर बालेका विरोध प्रदर्शन गरेका थिए । तर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरबाट ‘निर्दाेष कहिल्यै पनि दण्डित हुनुहुन्न दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न ।
अफताब पक्राउ प्रकरणमा पनि सत्य यही हो । काँग्रेसको यो केन्द्रीय धारणा रौतहट काँग्रेसले मंगलबार (असोज २८ गते) बाट अनिवार्य बोक्नेछ’ भनेपछि विरोध प्रदर्शन रोकियो । योबीचमा संसद सचिवालयले एक सूचना प्रकाशित गरी सांसद आलमको सेवा सुविधा रोक्का गरिएको जानकारी गराइसकेको छ ।
प्रमाण नष्ट गर्नका लागि घाइते भएकालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो । तर आलममाथि यत्रो गम्भीर आरोपमा पक्राउ गरे पनि काँग्रेसले भने कुनै किसिमको पार्टीगत कारबाही गरेको छैन ।
पार्टीले आलमलाई कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नमा शर्माले भने, ‘हाम्रा संविधान राजनीतिक दलकै नेतृत्वमा आएको हो । कुनै सांसदलाई फौजदारी अभियोग लाग्यो भने उसलाई सांसद पदबाट निलम्बन गर्ने संविधानि व्यवस्थामा भनिएको छ ।
दोस्रो फौजदारी मुद्दा प्रमाणित भएर जेल बसेरपछि छुटेर आए पनि ६ वर्षसम्म सांसदमा लड्न नपाउने व्यवस्था छ । संविधानमै जे लेखिएको छ । आलमलाई हामी पनि त्यही गर्ने छौँ ।’
संघीय संसद सचिवालयले उपसभामुखलाई आलमको पक्राउबारे जानकारी गराइएको र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ बमोजिम उनको सेवा सुविधा रोक्का भएको जानकारी गराएको छ ।
कानुनसम्मत हुने अनुसन्धानलाई सघाउनु राजनीतिक दलको कर्तव्य र दायित्व भएको भन्दै सरकारले गर्ने अनुसन्धानमा आफूहरुको सहयोग रहने उनको भनाइ थियो ।
अफतावले त्यो आतंक फैलाएको ठाँउमा सानो समुहमा प्रहरीनै हिंड्न डराउने गर्दछ ,आलम पकराउ परेपछि तेंहा आतंक फैलिने भन्दै अहिले ट्रकका ट्रक प्रहरी परचालन भएका छन् ।
भने सस्त्रपनि परिचालन गरिएको छ ,सुशिला कार्की प्रधानन्याधिस हुँदापनि यो घटनाको कुरा सर्वोच्चमा उठेको थियो तर तेतिखेर पनि कांग्रेसले गर्न नदिएको खुलेको छ ।