के तपाई जन गायक जिबन शर्माको दुखमा मलम लगाउन चाहनुहुन्छ ,आउनुस सहकार्य गरौ ,

कार्तिक २ ,काठमान्डौ – जन गायक जिबन शर्माअहिले ठुलो दुखमा परेका छन् ,जिबन शर्मा जहिले पनि जनताको लागि गाउने गायक हुन् ।

,जीवनभर क्रान्तिको र परिवर्तनको पक्षमा दु:खी, गरिब र निमुखा किसानको लागि गाउने गायक जिबन शर्मा अहिले भने मनमोहन अस्पतालको कार्डियो थोरासिकका छन् ,।

उनको माइला छोरा अमृत आचार्यको नवमीमा च्याङ्ग्राको मासु खाँदा,घाँटी र आमाशयको बीचको अन्ननलीमा हड्डी अड्किएको,।

त्यो हड्डीले भोजननलीमा प्वाल पारेको र तुरुन्तै हड्डी ननिकालिएमा मुटु र फोक्सोमा समेत असर पर्न सक्ने भन्दै तुरुन्त अपरेसन गरेका थिए ।

सिमली छायामा बसी भरिया दाई ,
चाहिदैन मलाई सिसाको महल जस्ता थुप्रै चर्चित गित जुन जनताको पक्षमा गाउँदै हिड्ने गर्ने ब्याक्ति हुन् जिबन शर्मा ,

अपरेसनमा अमृतको अन्न नलीसम्म काट्नु प-यो ।चिकित्सकहरुका अनुसार अमृतको अन्ननली प्रत्यारोपण गर्न मिल्दैन ।

आमाशयको थैली काटेर त्यसबाट अन्ननली बनाउनुपर्छ । त्यसका लागि अर्को ठुलो अपरेसन गर्न पर्नेछ र त्यसका लागि ४० लाख रूपैयाँभन्दा बढी खर्च लाग्नेछ ।

आर्थिक अवस्था निकै कम्जोर भएका शर्माको लागि ४० लाख रकम भनेको धेरै ठुलो हो ,रकम कसरि जुटाउने भनि शर्मा सारै चिन्तित छन् ,जनताका गायकलाई आ आफ्नो ठाँउबाट सहयोग गर्नेबेला आएको छ ।

सहयोग गर्न चाहनेले निम्न ठेगानामा सम्पर्क गर्नु होला ,

ग्लोबल आइएमई बैंक लिमिटेड
कान्तिपथ शाखा
अर्जुन आचार्य
खाता नं. ०१०७०१००४६७८७

सहयोग गर्न सक्ने नेपालि मनहरुले सिधै हाम्रो रंग दर्पण संगपनि सम्पर्क गर्न सक्नुहुन्छ ,9813312999,ओम विकल ,