राष्ट्रपति भण्डारी आज जापान प्रस्थान ,

कार्तिक २ , काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी आज जापान प्रस्थान गरेकी छिन , ।म्यानमारको चारदिने राजकीय भ्रमण पूरा गरी भण्डारी जापान सरकारको निमन्त्रणामा चारदिने मैत्रीपूर्ण भ्रमणका लागि गएकी हुन् ।

राष्ट्रपतिले मंगलबार जापानका राजा नारुहितोको राज्यारोहण समारोहमा भाग लिनेछिन् । त्यही क्रममा उनले जापानका प्रधानमन्त्री सिन्जो अबे र भारतका राष्ट्रपति रामनाथ कोबिन्दसँग समेत भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति मिन्टले भण्डारीको सम्मानमा राजकीय भोज आयोजना गरेका थिए ।भ्रमणकै दौरानमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भण्डारीलाई स्वागत गर्नेछिन् । जापानस्थित गैरआवासीय नेपाली संघले पनि भण्डारीको स्वागतमा कार्यक्रम गर्दै छ ।

lekbesi

भण्डारी चार दिनअघि म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा गएकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुका साथै म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु चीसँग भेट गरेकी थिइन् ।

भण्डारीले पिङओ लिङमा म्यानमारका नेपालीभाषीसँग भेट गरेकी छिन भने उनले बगानमा युनेस्को विश्व सम्पदा क्षेत्रसमेत अवलोकन गरिन् । भण्डारीले म्यानमारको पूर्वराजधानी यांगुनमा ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँको भ्रमण पनि गरेकी छिन ।

राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकर बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् ।