suekhet
bheriad

घटनामा घाईतेलाई बोरामा हाली लैजाने ट्याक्टरमालिक र ड्राईभरको प्रहरीले गर्यो तिब्र खोजि चार जना फरार ,आलम प्रकरण ,,

lekabesi

कार्तिक ३ , काठमान्डौ – रौतहट राजपुर बम काण्डका मुख्य दोषी पक्राउ परेका पूर्वमन्त्री मोहमद आफताव आलमलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यस अघि उनलाई ७ दिनको म्याद थपि अनुसन्धान गरिएको थियो ,।

२०६४ सालको संविधान सभाको चुनावमा बमबारुद पडकाएर २३ जनालाई जिम्दै जलाएको आलममाथि आरोप छ ,उनलाई प्रहरीले २६ गते पक्राउ गरेको थियो ,।

आलमका पक्षमा ८ जना कानून व्यवसायीले बहससमेत गरेका थिए भने सरकारी वकिल खडिण्द्रराज कटुवाल विपक्षमा बहस गरेका थिए ।आलमलाई दुई अभियोग लागेको छ ।

पहिलो बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र दोश्रो घटनामा घाईते भएका हरुलाई जिउदै जलाउने आधारमा ज्यान मार्ने मुद्दा दायर रहने छ ।

यो घटनामा संलग्न रहेका चार जना फरार छन् ,जसलाई प्रहरीले खोजिरहेको छ ।,घटनामा घाईते भएकालाई ट्याक्टरमा लैजाने ब्याक्तिमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।आलमले भने आफुलाई षड्यन्त्र पूर्ण रुपले फसाईएको बताएका छन् ,।