suekhet
bheriad

जिग्री र पाँडेविरुद्ध प्रहरीमा कसले दियो उजुरी,

lekabesi

कार्तिक ३ , काठमान्डौ – हास्य कलाकार जिग्री र पाँडेविरुद्ध प्रहरीमा उजुर परेको छ ।नेपाल टेलिभिजनमा प्रसारण भईराखेको हास्य टेलिश्रृंखला सक्किगोनिको टिमविरुद्ध मिडिया हबले प्रहरीमा उजुरी गरेको छ ।

सक्किगोनि कार्यक्रमले मिडिया हबको कलाकार हरुको नक्कल गरेको भन्दै कपिराइटको उजुरी हालेको बताईएको छ ।यो विषयमा छलफल गर्न महानगरीय प्रहरी परिसर टेकुले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताए ।‘

जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ,उनले भने ।

सोम धितालका अनुसार हामि आर्थिक क्षतिपूर्तिको कुरा गार्दैनौ तर हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो उनले भने । तर यता भने सक्किगोनिका निर्देशक रहेका अर्जुन घिमिरे पाँडेले भद्रगोलका सबै क्यारेक्टर मिडियाहबले नभएर आफूहरुले जन्माएको बताए ।

ती सबै क्यारेक्टर हाम्रा सिर्जना हुन्, त्यसमा मिडिया हबले दावी गर्नै मिल्दैन,’ उनले भने, भने ‘हामीले मिडिया हबसित गरेको सम्झौतामा पनि यो कुरा प्रष्ट उल्लेख छ ।

भद्रगोलमा संगै काम गर्न थालेका जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो ।भद्रगोल अहिले नँया टिमले निर्माण गर्न थालेको छ र टेलिभिजनमा पनि निरन्तर प्रसासन गरिरहेको छ ।

तर भद्रगोल नभयर सक्किगोनिले ह्वात बजार पाएको छ ,भने नँयाटिमले बनाएको भद्रगोलमा भने पुराना कुनै पात्र प्रयोग भएक छैनन् ,। मिडिया हबले जनमाएका कलाकार हरु अहिले बाहिर बाहिर चलचित्रमा काम गरिरहेका छन् ।

तर उनीहरुले गर्दा आफुहरुलाई कुनै असर नपरेको र सक्किगोनिले आफुहरुलाई असर परेको भन्दै उजुरी गर्न परेको हबका सोम धितालले रंग दर्पणलाई बताए। ,

उजुरीमा मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुछेको छ ।यो विषयमा दुवै पक्षले छलफल गरेर मिल्न महानगरीय प्रहरी परिसरले सुझाव दिएको छ ।,

मिडिया हबले गर्दा आफुमा असन्तुस्ट पैदा भएपछि जिग्री पाण्डेको जोडी मिडिया हबबाट बाहिरीएको थियो। ,