प्रधानमन्त्री ओलीले गरे नागढुंगा सुरुङ्गमार्ग शिलान्यास ,,

कार्तिक ४ ,काठमान्डौ – राजधानी भित्रिने नेपालभरकै मुख्य नागढुंगा सिस्नेखोला सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्रीले सुरुङमार्ग शिलान्यास गरेका हुन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा सुरु गरिएको सो सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

त्यसका लागि जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ । प्रवेश मार्गसहित ५.५६ किमि सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए ।

lekbesi

उद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सुरुङमार्ग निर्माण सम्पन्न चार वर्षभित्र गर्ने लक्ष्य राखिएको छ ।

यो सुरुङ्गमार्ग निर्माण भयमा यात्रु र चालकलाई सास्ती हुने छैन भने थानकोटबाट नागढुंगा ५ देखि १० मिनेटमाने पुग्न सकिने छ। बोलेका गरेको बाचा सुखी नेपालि समृद्द नेपालको नारालाई आत्मसात गरेर आफु अगाडी बढिरहेको समेत ओलीले बताए,।