१४ वर्ष सम्म दाम्लोले बन्धक पारिएकि बालिकाको उद्दार गरे जनक सुनारले ,,

कार्तिक ४ ,काठमान्डौ – १४ वर्ष पहिले बाट आफ्नै घर आगनमा दाम्लोमा बाँधेर राखीएकि मुक्तकमैया बस्तिकै बेफनीया डगौरा थारु लाई जनकसुनारले उद्दार गरेका छन् ,।

लम्की चुहा नगरपालिका १ पुरै बस्ति मुक्त कमैया छ तेसै बस्तीमा एक गरिब घरमा मानसिक अनि शारीरिक सन्तुलन बिग्रीएकि बालिकाको जन्म भएपछि घर परिवारले १४ वर्ष पहिलेबाट दाम्लोले बाँधेर राखेको थियो ,।

जन्मदै भगवानको दोष पाएकि ति बालिकालाई घर परिवारले उपचार गर्न नसकेपछि बालिकाको खुट्टामा दाम्लो बाँधेर आगनमा राखीयको थियो ,।यो घटना ओ एस नेपालका प्रमुख एचबि ताम्राकारले बाहिर ल्याएपछि जनक सुनारले थाहा पाएको रंग दर्पणलाई जानकारी गरे।
,बालिकालाई जसरि भएपनि उद्दार र उपचार गर्नपर्छ भन्ने आसय राखेर प्रतिभा खडका र राम दत्त जोशीलेपनि चासोका साथ आगाडी बढेका छन् ।नबजिबन परोपकार संस्थाकि मिरा के. सीको सहकार्यमा बालिकालाई उक्त संस्थामा लगिदै छ ।
उद्दारमा जोडीएको टोलीले बालिकालाई उपचार गरि मानवीय जिबनमा बाँच्न सक्ने समेत बनाउने प्रतिज्ञा गरि उनकै घरमा फर्काउने समेत जानकारी गएको छ ।,
पछिल्लो समयमा जनक सुनार समाजसेवामा लागिपरेका छन् ।,केहि महिना अगाडीपनि स्थानियबाट कुटपिट भएकि एक महिलालाई उदार गरि उपचारमा सघाएका थिए।,
