नेवार समुदायको लागि भन्दै कार्तिक १३ गते सार्वजानिक विदा दिने सरकारको निर्णय ,

कार्तिक ७ ,काठमाडौं – सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो,त्यो दिन नेवार समुदायको भाइटिका पर्ने गर्दछ ।

यद्यपि, पाञ्चांग निर्णायक समितिका अनुसार तिहारको भाइटीका भने कात्तिक १२ गते परेको छ ।। काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।

सोही क्रममा केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्माओलीसँग पनि यो विषयमा छलफल गरेका थिए ।

सो छलफलमा प्रधानमन्त्री ओली १३ गते सार्वजनिक विदा दिन सकारात्मक भएका थिए । त्यसलगत्तै मन्त्रिपरिषद बैठकले उक्त दिन विदा दिने निर्णय गरेको हो ।