आलमको पक्षमा भोलि नेपालि कांग्रेसले आन्दोलन गर्ने ,

कार्तिक ७ ,रौतहट – ज्यान मर्ने उधोग र बम गोला हात हतियारको मुद्दामा निलम्वित सांसद मोहम्मद अफ्ताव आलम पक्राउ विरुद्धमा भोलि नेपाली काँग्रेसका कार्यकर्ताले कालोपट्टि सहित प्रदर्शन गर्ने भएका छन् ।

गत २६ गते आलमलाइ प्रहरीले पक्राउ गरेको थियो , आलमलाई १२ वर्ष अघिको झुठ्ठा मुद्दामा सरकारले फसाउन खोजेको भन्दै काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा भोलि शुक्रबार मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गर्ने भएका हुन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार भोली बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरिने पार्टी जिल्ला सदस्य सुुमन गौतमले सामाजिक संजालमा जानकारी दिएका छन् ।अ

lekbesi

नुसन्धानका लागि जिल्ला अदालत गौरबाट दुुईपटक म्याद थप भइसकेकोमा पछिलो पटक थपेको म्याद सकेर आलमलाई भोली पुनं. अदालतमा पेस गरिदैछ । भोलिको आन्दोलन भने आलम निकटका नेपालि कांग्रेसका कार्यकर्ताले गर्न लागेका हुन् ।

,काँग्रेस जिल्ला सभापति कृष्ण यादवले विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिकरुपमा कुनै निर्णय नभएको बताए ।आलम पक्राउ परेपछि नेपालि कांग्रेसले पनि आपति जनाएको छ ।

पहिलो संविधानसभाको चुनावमा २०६४ विष्फोटनमा २३ जनालाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलमलाई प्रहरी हिरासतमा राखेको छ ।