रुकुम चौरजहारी

एअरकन्ट्रोलको कुरा न मान्दा दुर्घटना भयको दाबि //

रुकुम आठ विसकोट

रंग दर्पण २९ फागुन – ४९ जनाको ज्यान जाने गरि भयको हिजो जहाज दुर्घटना कसरि भयको भन्ने पत्ता लागेको छ । बंगलादेश को ढाका बाट नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल उडेको बिमान २ बजे र २० मिनेट जाँदा नेपाल आइपुगेको तर अवतरण गर्न खोज्दा एअरकन्ट्रोल को सम्पर्क नभयर आकाशमा २ फन्को लगायको थियो ।

तेस्पछि उत्तर को भाग बाट घुमेर ओर्लन खोज्दा धावन मार्ग बाट करिब ५ सय मिटर बाहिर धसियर दुर्घटना भयको थियो ६७ जना यात्रु बोकेर आयको जहाज मा ४९ जनाको ज्यान गयो भने अरु सबै घाइते छन्।

साथै हिजो नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलको एअर ट्राफिक कन्ट्रोलमा सोमबार कार्यरत कर्मचारीहरूलाई ‘ड्युटी अफ’ गराएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाअघि विमानका पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीच भएको सम्वादको अडियो सार्वजनिक भएपछि प्राधिकरणले ६ जना कर्मचारीलाई बिदा दिइएको हो।गोप्य रहने उक्त अडियो इन्टरनेटमा लिक भएपछि छानबिनलाई सहज होस् भनेर तत्कालका लागि उनीहरूलाई कामबाट बिदा दिइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूलाई निलम्बन वा अन्य कुनै कारबाही भने गरिएको होइन।

यो पनि पढ्नुहोस ,,अडियो सार्वजनिक गर्नेलाई कारबाही हुन्छ,,

प्राधिकरणले सम्वेदनशील र गोप्य अडियो सार्वजनिक गर्नेमाथि कारबाही हुने बताएको छ। प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त घटनालाई ‘आपराधिक काम’ को संज्ञा दिए।

‘यो आपराधिक काम हो गोप्य र सम्वेदनशील सामग्री सार्वजनिक गर्नेमाथि छानबिन गरी कारबाही हुन्छ  उनले भने  ।