आलमको पक्षमा भन्दै रौतहटमा नेपालि कांग्रेसको जुलुस ,

कार्तिक ८ , रौतहट- आलम प्रकरणबारे निस्पक्ष छानबिन गर्न माग गर्ने भन्दै शुक्रबार नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ

वम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमममाथि अनुसन्धान भइरहेकै बेला कांग्रेसले जुलस निकालेको हो ।

जुलुसका सहभागीले नाराबाजी भने गरेका छैनन् जुलुसमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।गौरको बीपीचोकदेखि जिल्ला अदालत र यहाँबाट मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म पुगेर मौन जुलुस सकिएको थियो ।

lekbesi

प्रहरीले आलममाथि अनुसन्धान गर्न शुक्रबार नै अदालतबाट थप ८ दिनको म्याद लिएको छ ।