तिहारमा आज गाई गोरुको पुजा गर्दा यस्ता छन् फाईदा पढ्नुहोस ,,

कार्तिक ११ ,काठमान्डौ – सुभ दिपावलीको यमपञ्चक अर्थात् तिहारको आज गाई, गोरु र कृषकको पुजा गरेर मनाईदै छ ,।

नेपालका केहि समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले आज गाई पूजा गर्नु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

आज गाई गोरुको पुजा गर्ने मिठा खानेकुराहरु दिने गाइको गलामा माला लगाइदिने गर्दा आफ्नो घरमा सुद्दता प्राप्त हुने धार्मिक विश्वास छ ।

lekbesi

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा-मीठा खानेकुरा खान दिने प्रचलन छ ।