निवर्तमान सभामुख महरा आज छुट्दै ,

कार्तिक १४ , काठमान्डौ – निवर्तमान सभामुख कृष्ण बहादुर महराको थुनछेक बहस आज हुने भएको छ ,।महरालाई आज धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने अदालत श्रोतले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए ।

सचिवालयकि एक कर्मचारी रोशनी शाहीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका छन् ।

lekbesi

,काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिईसकेको छ ।