सुस्तामा ढाई वर्षिय बालिका सोमबारदेखि बेपत्ता अझै सम्म पत्ता लागेन,,
कार्तिक १५ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको सुस्ताबाट सोमवार देखि एक बालिका सम्पर्क बिहिन भएकी छिन ।
सुस्ता गाँउपालिका वडा नं.- ५ बलिनगर बस्ने मारकाण्डे चौधरीको ढाई बर्षिय छोरी आदिती चौधरी साँझ ५ बजे देखि ६ बजेको बिचमा घरमै खेल्दै गरेको अवस्थामा बेपत्ता भएकि हुन ।
कार्तिक ११ गते देखि बेपता भएकी अादिती अहिले सम्म केही जानकारी नभएको परिवारजनले बताएका छन ।

स्थानीयबासी र प्रहरी द्वारा खोजी कार्य जारी राखिएपनि अहिले सम्म बालिकाको बारेमा केहि थाहा नभएको प्रहरी चौकी रामनगरले जनाएको छ ।
आदितीको खबर कहि कतैबाट नआएको र आफुहरुले आफ्नो सम्पुर्ण आफन्तीकोमा खोजी गरिसकेकाले बालिका कहि पनि फेला नपर्दा अपहरण गरिएको हो कि भन्ने आशंका उब्जिएको परिवारजनले बताएका छन् ।
छोरी घरको अगाडी खेलिरहदा आफुहरु घरको पछाडिको आफ्नै जग्गामा खनजोतको कार्य सकेपछि छोरी घरमा नभेटिदा चिन्ता बढने थालेको थियो ।
घरको वरपर र गाउमा नभेटेपछि रामनगर प्रहरीमा जनाएको छोरीको बुवा मारकाण्डेले बताउनु भयो ।
गाँउ नजिकै भारतको सिमाना भएको हुदाँ भारतीय प्रहरीसंग समन्वय गरी खोजी भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता बालिका आदितीले रातो टिसर्ट र कट्टू लगाएकि छन् । उनको खोजी कार्यमा सहयोग गरिदिनु हुन परिवारजनले सबैमा आग्रह पनि गरेका छ्न ।
कसैले ति बालिकालाई देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाईल नम्बर ९८५७०१३७९३, ९८०७४९७३२९,९८६७४२७९७८, ९८७६१६५८१०, सम्पर्क गरि खबर गरिदिनको लागि परिवारजनले अनुरोध पनि गरेका छ्न ।
अंगद यादव ,नवलपरासी पश्चिम,,