Simta
Gurvakot
Gurvakot

तिन किलोमिटर सम्म मेयर सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु,,

कार्तिक १६ ,विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म ३ किलोमिटर सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु गरेका छन् ।

निराहार छठ पर्वको ब्रत बसेका पराजुलीले १६ औं पटक दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । उनले सडकमा घस्रेर महानगरपालिका वासीको समृद्धि र विकासको कामनापनि गरेका छन् ।

शनिबार बिहान साँढे १० बजे स्थानीय शिवपाञ्चायन मन्दिरबाट सुरु भएको उनको यात्रा साँझ ५ बजेसम्म सिंघीया जलाशय पुगेर टुंगिने पराजुलीको अनुमान छ ।

lekbesi
Simta

उनलाई यसपालि पत्नि रञ्जीता र भतिजा प्रमेशले साथ दिएका छन् ।साँझ जलाशय क्षेत्रमा पुगेर अरु ब्रतालुझैं अस्ताउँदो सूर्यलाई जल चढाएर उनी पैदल घर फर्कने छन् ।

पराजुलीले आइतबार बिहान उदाउँदो सूर्यलाई पनि जल चढाउन जलाशय पुग्ने पनि बताए ।हरेक बर्षको आफुले गर्दै आएको धार्मिक कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको पराजुलीले बताए ।

यो ब्रत बस्दा मनले चिताएको पूरा हुने विश्वाससहित विगत १५ वर्षदेखि यो प्रक्रियालाई निरन्तरता दिँदै आएको उनले बताए ।