नेपालि सेनाको लागि ३ खर्बमा किनिएको विमान यस्तो खतरनाक हेर्नुहोस ,,
कार्तिक १६ ,काठमान्डौ – नेपाली सेनाको नँया कार्गो विमान काठमान्डौ आईपुगेको छ। ,नेपालि सेनाले ईन्डोनेसियाबाट खरिद गरेर ल्याएको नयाँ ट्रान्सपोर्ट सीएन२३५–२२० विमान शनिबार इन्डोनेसियाबाट नेपाल आइपुगेको हो ।
यो विमान सेनाले विभिन्न मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका समयमा प्रयोग गर्नेछ ।
दुई वर्ष अगाडी उक्त विमान इन्डोनेसियाको सरकारी विमान कम्पनी पीटी डिरगन्तारा इन्डोनेसिया (पीटीडीआई) ले नेपाली सेनाको मागअनुसार बनाएको हो ।
करिब ३ अर्ब खर्चिएर किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने खालको छ । विमानमा ५१ जना यात्रु रहने छन् यो विमान सैन्य तालिमहरुमा पनि उपयोग गर्न मिल्ने सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।