प्रधानमन्त्री ओलीले बैठकमा भने मेरो मृगौलाले काम गर्न छोड्यो ,अब विकल्प खोजौ ,
कार्तिक १६ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली केहिदिन देखि ग्रांडी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गरीरहेका छन् ।
ओलीले नियमित भेटघाटलाई पनि बन्द गरेका छन् , ओलीले आफु सिकिस्तिक बिरामी नभयको तर आफ्नो मृगौलाले राम्रो संग काम गर्न नसकेको पनि बताएका छन् ।
,यसको लागि अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय आज शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य बारे ब्रिफिङ गरेका थिए ।
ओलीको फोक्सोमा पानि जमेको र मिर्गौलाले राम्रो संग काम नगरेको हुनाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको समेत उनले जानकारी दिए ।
साथै केहिदिनमा ओलीको मृगौलाको पुन : डाईलासीस हुनेपनि ओलीले बैठकमा जानकारी गराए ,ओलीले बैठकमा आफ्नो उपचारको केहि रिपोर्ट आउँन बाकि रहेको समेत जानकारी गरे ।
तेस्पछि प्रधानमन्त्रीको लागि अबको उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने प्रधानमन्त्रीले स्वास्थ्य गम्भीर भएर आफू सिस्कित भएको नभई केही समस्या देखिएकाले चकित्सकहरुले परीक्षण गरिरहेको जानकारी गराएको बताए ।
त्यसयता नियमित औषधि खाइरहेका उनी १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।
२० भदौमा स्वदेश फर्किएका उनको स्वास्थ्यमा फेरि समस्या सुरु भयो । २ कात्तिकमा ग्राण्डी अस्पतालमा पुगेका उनको मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो । बुधबार फेरि अस्पताल पुगे र आकस्मिक रुपमा डायलासिस गरियो ।