जहाज दुर्घटना बारे बुजन बंगलादेशका नागरिक उड्डयन र परराष्ट्र मन्त्री नेपाल आउदै
रंग दर्पण २९ फागुन, काठमाडौं – हिजो भयको जहाज दुर्घटना को बारे अध्यन गर्न बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए । साथै बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्त समेत आउने बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो भने केही घाइते छन् । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।यसअघि सोमबारै प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।