Simta
Gurvakot
Gurvakot

प्रधानमन्त्री केपी शर्मा ओलिका अङ्गरक्षक हिरासतमा ,,

कार्तिक १६ , काठमान्डौ – नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले नेपाली सेनाको जिम्मा लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक (एडीसी) समेत रहेका शाही टोखास्थित जुवा खालबाट शुक्रबार राति समातिएका थिए ।

आफू प्रधानमन्त्रीको अंगरक्षक रहेको बयान दिएपछि शाहीलाई प्रहरीले शुक्रबार राति नै सेनाको जिम्मा लगाएको हो ।

lekbesi
Simta

नारायणहिटीस्थित विशेष सुरक्षा निर्देशनालयमा दरबन्दी रहेका शाही शुक्रबार घर बिदामा थिए ।‘अहिले शाही सैनिक प्रहरीकै नियन्त्रणमा छन् ।

आइतबार कार्यालय खुलेपछि कारबाही प्रक्रिया अघि बढ्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

शाहीमाथि अनुशासन उल्लंघन वा अन्य कुन कसुरमा कारबाही हुन्छ भन्नेमा कोर्ट अफ इन्क्वायरी गठनपछि मात्रै स्पष्टहुने पाण्डेले बताए ।