अस्ताउदो सूर्यको अर्घ्य दिदै छठ मइया श्रद्धालु ,
कार्तिक १६ ,नवलपरासी पश्चिम- तराईको जिल्ला लगायत नवलपरासी पश्चिममा छठ पर्व अन्तर्गत शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
जिल्लाका विभिन्न स्थानका नदी, नहर र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत शनिबार साँझ सूर्यलाई अर्घ्य दिएका छन ।नवलपरासीको प्रतापपुर सुस्ता सरावल महेशपुर परासी लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।
आजका दिन व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाड़ा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाड़ा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् ।
सन्तानको प्राप्ति र लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने जनविश्वास रहेको छ ।
छठ पर्व भोलि बिहान उदाउँदै गरेको सूर्यलाई त्यही अर्घ गर्दै छठ पर्व सम्पन्न हुनेछ भने दुई दिन लगातार निराहार व्रत बसेका व्रतालुहरुले उक्त दिन व्रत तोड्दै पारन गर्नेछन्।
अंगद यादव/ नवलपरासी पश्चिम