निवर्तमान सभामुख महराको थुनछेक बहस ६ घण्टा सम्म चल्यो यस्तो छ निर्णय ,भिडियो सहित ,
कार्तिक १७ ,काठमान्डौ – निवर्तमान सभामुख कृष्ण बहादुर महाराको थुन छेक बहस लम्बिएको छ ,आज थुन छेक बहस भनेर काठमान्डौ जिल्ला अदालतमा महरालाई बिहान ११ बजे पेश गरिएको थियो ।,
ईज्लास न.१. फाँट न .१२० का माननीय जिल्ला अदालत न्याधिस श्री सुदर्शनराज पान्डेको यकल बन्द ईजलास कक्षमा महाराको पक्षमा २५ जना वकिलले वकालत गर्ने नामावली थियो भने सरकारी पक्षबाटा ४ जना वकिलले बहस गरेका छन् ।
बिहान ११ बजे बाट साँझ ४ : १४ बजे सम्म पनि महराको थुनछेक बहस नसकीएपछि समय लम्बिएको हो ।,महराको विषयमा थुनछेक बहस अब कहिले हुने भन्ने अदालतको निर्णय आउन बाँकी छ ।वकिलको वकालत लम्बियपछी महरालाई कति धरौटी तोक्ने भन्ने भोलि निर्णय हुनसकेन ,
सचिवालकि कर्मचारी रोशनी शाहीले महारामाथी यौन दुर्ववहारको आरोप लगाएपछी गत साउन १९ गते महरालाई प्रहरिले अनुसन्धानको लागि भनेर नियन्त्रणमा लिएको थियो ।