Simta
Gurvakot
Gurvakot

सिन्धुपाल्चोकमा बस दुर्घटना हुनुमा दैविक शक्तिको आसँका,,

कार्तिक १७ ,काठमान्डौ – सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा परि १४ जनाको मृतु भएको छ । बस करिब ५ सय मिटर तल सुनकोशी नदीमा खसेको हो।

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका-९ सुकुटेस्थित अरनिको राजमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन् । दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

lekbesi
Simta

घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्दार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकमा बारम बार बस दुर्घटना हुनुमा कुनै दैविक शक्तिको सहस्य हुनसक्ने स्थानिए बताउछन। ,गत असोजमा पनि सिन्धुपाल्चोकमा ठुलो बस दुर्घटना भएको थियो।

गाडी अनियन्त्रित भई दुर्घटना हुनु भन्दापनि धेरै स्थानिए र दुर्घटनामा बाँचेका हरुले बस दुर्घटना हुनुमा कुनै दैविक शक्ति हुनसक्ने समेत बताएका हुन् ।

https://youtu.be/ltPEtujJ6jM