suekhet
bheriad

कांग्रेसले नियुक्त गरेको सात प्रदेशका प्रमुखलाई नेकपाले हटाईदियो शेर बहादुर देउवा बोल्नु न रुनु,

lekabesi

कार्तिक १७ ,काठमान्डौ – नेकपा सरकारले सातवटै प्रदेश प्रमुखलाई हटाएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्त हरि प्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्को निर्णय भएर सिफारिस भई आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको हो।

जसलाई कांग्रेस सभापति शेर बहादुर देउवाले नियुक्त गरेका थिए ,।यी प्रमुख सबै नेपालि काग्रेस निकटका हुन्,।

पदमुक्त हुनेहरूमा प्रदेश–१ का प्रदेश प्रमुख प्रा. गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश–२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ की प्रदेश प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश–५ का प्रदेश प्रमुख उमाकान्त झा, कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गा केशर खनाल र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल हुन्।