जिल्ला अद्लातको आदेश प्रति बिमति जनाउदै महरा उच्च अदालत जाने।

कार्तिक १८ ,काठमान्डौ – काठमाडौंले जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिएको हो । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि सुरु भएको थुनछेक बहसपछि सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

महराका तर्फबाट ३२ अधिवक्ताले बहसका लागि नाम लेखाएका थिए । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि तय गरिएको थियो । महराको अदालती बयान शुक्रबार भएको थियो।

महराको मुद्दा किनारा नलागुन्जेल डिल्लीबजारमा थुनामा रहने छन्। उक्त आदेश चित्त नबुझेमा महरा उच्च अदालत जान पाउनेछन्।

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६’ (सरकारी वकिलको कार्यालयले राखेको कोड नाम) माथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

अभियोगबारे थप अनुसन्धानका लागि महरालाई थुनामा पठाइएको हो । महरा कसुरदार हो वा होइन भन्ने कुरामा थप अनुसन्धानपछि मात्र अदालतले फैसला गर्नेछ ।

महरा स्वस्थको कारण नर्भिक अस्पतालमा भर्ना थिए,महरा डिल्लीबजार चलान पुगेपछि उपचार कँहा गराउने वा अब उनलाई अस्पतालमै राखेर उपचार गर्ने कि सदरखोरमै राख्ने भन्नेचाहिँ जेलरले निर्णय गर्ने छन्।