suekhet
bheriad

रास्ट्रपतिले नियुक्त गरिन ७ प्रदेशमा प्रदेश प्रमुख ,माधव नेपाल पक्ष असहमति ,

lekabesi

कार्तिक १८ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । उनीहरुको सपथ ग्रहण मंगलबार शीतलनिवासमा हुने विशेष श्रोतले जनायो ।

प्रदेश प्रमुखलाई राष्ट्रपतिले सपथग्रहण गराउने संवैधानिक व्यवस्था छ,सपथ ग्रहण पछि उनीहरु आफ्नो जिम्मेवारीमा फर्किने छन् । नेकपा सचिवालय बैठकले गरेको निर्णयबमोजिम सरकारले सात प्रदेशका प्रमुख नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

संविधानको धारा १६३ को २ बमोजिम राष्ट्रपति भण्डारीले सोमबार साँझ कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ , झापाका विष्णु प्रसाईं प्रदेश ३ र चितवनका अमिक शेरचन गण्डकी, सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी सर्मीला कुमारी पन्तलाई सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

आइतबार राष्ट्रपतिले पूर्व वर्ति सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थीइन ।तर प्रदेश प्रमुख नियुक्तको बारेमा पार्टीभित्र माधव नेपाल पक्षले असहमति जनाएको छ।

नेकपाले प्रदेश प्रमुखमा कम्युनिष्ट पार्टीलाई योगदान गरेका राजनीतिक कार्यकर्ताहरुलाई प्राथमिकता दिएको छ । प्रायः यस्ता संवैधानिक नियुक्तिमा पूर्वप्रशासकहरुले मौका पाउने गरेकोमा यसपटक वामपन्थी राजनीतिकर्मीहरुलाई प्राथमिकता दिइएको छ ।