४ जना पूर्वएमाले र ३ जना पूर्वमाओवादी पक्षबाट प्रदेश प्रमुख नियुक्त ,

Naumule

कार्तिक १९ ,काठमान्डौ – नव नियुक्त ७ प्रदेशका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् ,रास्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ गराएकि छिन  ।

प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लसिना लगायत मन्त्री तथा विशिष्ठ सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Gurvakot

नियुक्त भएकामध्ये ४ जना पूर्वएमाले र ३ जना पूर्वमाओवादी पक्षका छन्। अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्वएमालेका हुन् भने परियार, शेरचन र पन्त पूर्वमाओवादी पृष्ठभूमिका हुन्।

संविधानको धारा १६३ को २ बमोजिम राष्ट्रपति भण्डारीले सोमबार साँझ कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ , झापाका विष्णु प्रसाईं प्रदेश ३ र चितवनका अमिक शेरचन गण्डकी, सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी सर्मीला कुमारी पन्तलाई सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिईन ।

नेकपा सचिवालय बैठकले हिजो सोमबार गरेको निर्णयबमोजिम सरकारले सात प्रदेशका प्रमुख नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Bangad kupinde