महराले गल्ती गरेकै हुन् ,मलाई पनि झुटबोलेका रैछन यसमा राजनीति संरक्षण हुँदैन प्रचण्ड दाहाल ,

कार्तिक २० ,काठमान्डौ – निवर्तमान सभामुख कृष्ण बहादुर महराको काण्डबारे प्रचण्डले मुख खोलेका छन् ,।लामो समय सम्म महराको काण्डमा विभिन्न टिकाटिप्पनि आएका थिए ।

धेरैको चासो थियो कि ?यो विषयमा नेकपा पार्टीका कुनैपनि नेता कार्यकर्ता र मन्त्रि कोहिपनि बोलेका थिएनन ,।तर महराले गल्ति गरेको र नैतिकरुपमा कानुनीरुपमा उचित कारवाही हुनुपर्ने धारणा प्रचण्डले ब्यक्त गरेका छन् ।

प्रेस संगठनले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले भने महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गर्नुभयो ।

lekbesi

महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताउनुभयो,’ उनले भने, ‘पहिले केही गरेको छैन भन्नुभयो । पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो ।

आफैंले पनि स्विकार्नुभयो ।जिम्मेवार पदमा पुगेको ब्याक्तिले अनैतिक कामगर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन् नराम्रो काम भएको प्रचण्डले बताए ।प्रचण्ड दाहालले महराको विषयमा अन्य नेताहरुलाई समेत बुझ्न पठाएका थिए ।

,तेस्पछि चित्त नबुझेर आफु आफै बुझन पुगेको समेत बताए ,तर महराले सबै झुठ बोलेको पत्ता लाग्यो ,पार्टी संगठन मलाई झुठ बोल्नु भो यो कार्य गलत हो प्रचण्डले अगाडी भने यो गम्भिर नैतिक गल्ती हो ।

यस्तो घटनामा राजनीतिक संरक्षण उचित हुँदैन’दाहालले भने, ‘अदालतले निर्णय गर्ने कुरामा हामीले केही बोल्नु उचित हुँदैन । स्वतन्त्ररुपमा छानबिन र निर्णय गर्न दिनुपर्छ ।’

महराले आफूले गरेको गल्ती स्विकार गर्दै कानूनी प्रक्रियामा राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै दाहालले फेरी सच्चिएर जनताको सेवामा फर्कने आशा व्यक्त गरे । यस घटनाले गर्दा अन्य ब्याक्तिलाई पनि सजग गराउने समेत दाहालले बताए।

महराले गरेको गल्तीमा अदालतले आवश्यक न्यायिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको प्रचण्डले बताए । महरा अहिले डिल्लीबजार कारागारमा छन् ।

,सचिवालयकि एक कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको भन्दै महरालाई प्रहरीले गत असोज १९ गते पक्राउ गरेको थियो ,महराको सभामुख पद पनि फुस्किएको छ ,भने सांसद पद भने यथास्थितिमा छ।