कालापानी क्षेत्र नेपालको हो भारतको एकपक्षीय निर्णय अमान्य नेपाल सरकार ,

Naumule

कार्तिक २० ,काठमान्डौ – कालापानी भू भागबारे नेपाल सरकारले बोलेको छ । ,भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा अस्वीकार्य भएको बताउदै नेपाल सरकारले भारतको एकपक्षीय निर्णय अमान्य भएको समेत स्पस्ट परेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पार्दै भारत सरकारले हालै प्रकाशित गरेको राजनीतिक नक्साप्रति आपत्ति प्रकट गरेको छ ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड छ । परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ।

Gurvakot

‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ छ ।

भारतको नयाँ नक्सामा कालापानी भारतको भू भागपर्छ भन्दै राखीएको छ जसको लागि आज नेपाल भरि विरोध भईरहेको छ ,भने विभिन्न पार्टीका नेता कार्यकर्ताले आपति जनाएका छन् ।

नेपाल विद्यार्थी संगठनले आज भारत ईज ब्याक भन्दै नारा जुलुस गरेर पनि विरोध गरेका छन् जसमा सरकार ध्यान आकर्षण हुँदै विज्ञप्ति जारि गरेको छ ।

तेस्तै पररास्ट्रले जारि गरेको विज्ञप्तिमा कसैको पनि नाम र दर्जा उल्लेख छैन ।,मात्र विज्ञप्तिको तल हस्ताअक्षर मात्र गरिएको छ तर कसको हो भन्ने भने पत्ता लागाउन सकिदैन ।

 

Bangad kupinde