suekhet
bheriad

आलामको अद्लातमा आज पनि जवाफ घटना भएको छैन ,अब भोलि के भन्लान ,

lekabesi

कार्तिक २० ,काठमान्डौ – नेपाली कांग्रेसका नेता आफताव आलमको बयान बुधबार दोस्रो दिन पनि सकिएको छैन,।बिहान १० बजे नै अदालत पुर्‍याइएका आलमको बयान साँझ ४ं.३० बजेसम्म चलेको थियो ।

जिल्ला अदालत रौतहटको चार नम्बर इजलाशमा उनको बयानमा भैरहेको छ न्यायाधीश दीपक ढकालको इजलाशमा आलमलाई मिसिलअनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिएका हुन्।

रौतहटको राजपुर बमकाण्डको आरोपमा असोज २६ गते पक्राउ परेका आलमको थुनछेक बयान हिजोदेखि चलेको छ । न्याधिसको जवाफमा आलामले आज पनि घटनानै नभएको र आफुलाई झुटा मुद्दा लगाएको बताए ।

उनको बयान आज नसकिएपछि भोलिपनि बयान चल्लने छ ,प्रहरीले अनुसन्धान गरी मिसिलमा सामेल गरेको अधिकांश प्रमाणहरुबारे सोधिएको प्रश्नमा पनि उनले इन्कारी जवाफ नै दिए ।बयान बाँकी रहेकोले आलमलाई भने पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ ।

पीडितको तर्फबाट बहसका लागि पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलासहित अधिवता पुष्पराज पौडेल, आशिक राम कार्की रौतहटमा छन् भने अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल पनि जाने तयारीमा छन् ।

प्रतिवादीका तर्फबाट बहस गर्न कानून व्यवसायी आएपनि वकालतनामा गर्न बाँकी रहेको जिल्ला अदालत रौतहटले जनाएको छ ।